१७ असोज, एजेन्सी।
भारत प्रशासित कश्मिरको बारामूला स्थित भारतीय सेनाको ४६ राष्ट्रिय राइफल्सको क्याम्पमा आइतबार रात आक्रमण भएको खबर छ। आतंककारीले दुवै तर्फबाट गोलीबारी गरि ग्रिनेड फ्याकेँको भारतीय मिडियाले जनाएका छन्। आक्रमण गर्ने आतंककारी ४ जना रहेको बताइएको छ।baramula-attack-692627

९० मिनेट सम्म चलेको गोलिबारीमा दुई आतंककारी मारिएको बताइएको छ। बाँकी बचेका २ जनाको खोजी कार्य भइरहेको बताइन्छ।

यसै क्रममा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

आक्रमण आइतबार राती साढे दशको आसपास भएको थियो।

दुई महिना पहिले पनि बारामूलामा आत्मघाती आक्रमण भएको थियो। यो क्याम्प नजिक सेनाको ग्रुप कमान्डिङ अफिसरको कार्यलय पनि छ। राती करिब साढे एक बजे सेनाले कारबाही सकिएको तर खोजी कार्य जारी रहेको बताएको जनाइएको छ।

कश्मिरको उरी आक्रमण र भारतको सर्जिकल अपरेशन पश्चात भारत पाकिस्तान तनाव युद्ध स्तरमा छ। कश्मिरमा सबै सैन्य क्याम्पमा हाइ अलर्ट छ।

यो पढ्नुस।
पाकिस्तानी सेनाले पत्रकार बोलाएर भन्यो- सर्जिकल स्ट्राइक झुटको खेती
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको पद जान सक्ने