१९ साउन,काठमाडौ । भारतमा नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले कश्मिरको विषयमा ठुलो निर्णय गरेको छ।

भारत सरकारले जम्मु कश्मिरलाई दिइएको विषेश दर्जाको अनु्च्छेद ३७० लाई सविधानबाट हटाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले निर्णय गृहमन्त्री अमित शाहले राज्यसभाबाट सार्वजनिक गरेका हुन्।

यस निर्णय पश्चात जम्मु कश्मिर अब राज्य हुनेछैन्। जम्मु कश्मिरकोलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरिएको छ।

एउटा प्रदेशको नाम जम्मु कश्मिर हुनेछ भने अर्को प्रदेशको नाम लद्धाख रहेनछ।

दुइटै केन्द्र शासित प्रदेशको शासन लेफ्टिनेन्ट गर्भनरको हातमा हुनेछ। जम्मु कश्मिरमा विधायिका हुनेछ भने लद्धाखमा भने विधायिका हुनेछैन्।

अनुच्छेद ३७० को अन्त्य गर्ने सरकारी निर्णयमा भारतीय राष्ट्रपति रामनाथ कोविदले हस्ताक्षर गरेका छन्

सरकारको निर्णयसंगै जम्मु कश्मिरमा सुरक्षा कडा पारिएको छ। हजारौ अर्धसैनिक बल तैनाथ गरिएको छ यसका साथै इन्टरनेट तथा टेलिफोन अबरुद्ध छ।

भारतको सरकारको निर्णयले भारतमै ठुलो तरंग निर्माण गरेको छ भने छिमेकी पाकिस्तानमा समेत संशय पैदा गरेको छ।