२२ साउन, एजेन्सी । भारतले जम्मु काश्मिरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानसँगको विवाद गहिरिँदै गएको छ ।

भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएको पाकिस्तानले अन्ततः आफ्ना राजदुत फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतबाट आफ्ना राजदुत फिर्ता बोलाउने र पाकिस्तानबाट भारतीय राजदुतलाई पनि फिर्ता पठाउने निर्णय गरेको हो ।

पाकिस्तानले भारतसँगको द्वीपक्षीय ब्यापारमा पनि रोक लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।