२९ मंसिर, काठमाडौं ।

सरकारले सार्वजनिक गरेको सम्पति विवरणले बाहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इतिहासकै सबैभन्दा गरिव प्रधानमन्त्री मध्ये एक रहेको देखाएको छ ।

प्रचण्डको सम्पति कति? थाहा पाउँदा चकित पर्नु हुन्छ

बुधबार सार्वजनिक सम्पति विवरणमा प्रधानमन्त्री प्रचण्डसँग केवल १ कठ्ठा जमिन र ३ तोला सुनबाहेक कुनै सम्पति नभएको उल्लेख छ ।

prachanda-4369338

पैतृक सम्पतिबाट प्रचण्ड पत्नि सीता दाहालको नाममा एक कट्ठा जमीन र तीन तोला सुन रहेको विवरणमा जनाइएको छ ।

रमाइलो कुरा त के छ भने केही समय अघि प्रचण्डले पार्टीमा प्रस्तुत गरेको सम्पति विवरणमा उल्लेख १ कठ्ठा ६-७ धुर भनिएको सीताको नाममा रहेको घडेरी पनि घटेर १ कट्ठामा सीमित भएको देखिन्छ ।

prachanda-sampati

आलोचकहरुले उनको ६-७ धुर जग्गा कहाँ हरायो भन्दै मजाक उडाउन थालेका छन् ।

अर्को पार्टीले पनि राख्यो जनमत संग्रहको माग

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको हो । प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ ।

ओली र विजुक्छेबीच सडक र सदन आन्दोलन चर्काउने सहमति

तर यस पटक सरकार बनेको ४ महिना पछि मात्र सम्पति विवरण सार्वजनिक गरिएको हो ।