३० फागुन, सिन्धुली।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा विद्यमान केपी ओली नेतृत्वको सरकारमा कुनै परिवर्तन नआउने बताएका छन ।

फाइल तस्बिर

फाइल तस्बिर

अध्यक्ष दाहालले सिन्धुलीको सदरमकुाम सिन्धुलीमाडीमा कार्यकर्तासंगको भेटघाटका क्रममा पुर्निनर्माणको अभियानलाई प्रभावकारी बनाउन र संविधानलाई कार्यान्वयन गर्न राष्ट्रिय सरकार आवश्यक रहेको बताउदै केपी ओलीकै नेतृत्वमा नेपाली काँग्रेस सहितको राष्ट्रिय सरकार बनाउनु पर्ने कुरामा जोड दिए ।

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई राष्ट्रिय सरकारमा समावेश हुदा राम्रो हुने बताउदैँ यही सरकारले स्थानीय निकायको चुनाव समेत गराउने तयारी गरिरहेको बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा बताउदै व्यापार विविधीकरणका लागी भ्रमण उपलब्धीमुलक हुने बताउदै भ्रमणलाई उपलब्धिमुलक र फलदायी बनाउन छलफल भइरहेको बताए ।

यो पनि पढ्नुस्।

उपत्यकाका २१ स्थानमा आकाशे पुल आवश्यक

चिनिएर पनि नचुनिएका काँग्रेस नेता

तत्काल आफू सरकार परिर्वतनको खेलमा नलाग्ने: सभापति देउवा

किन चोरे बाबुराम भट्टराइले वाइसीएलको लोगो ?