१६ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्य मन्त्री सरकारमा पठाउने भएको छ।Congress flag big
सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको छ।
पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए।
‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन्।’
सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन्। सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ। स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ। आजको अन्नपूर्ण दैनिकमा खबर छापिएको छ ।