१६ असोज, काठमाडौं । सरकारले स्थानीय तह पुःसंरचना आयोगलाई नयाँ टिओआर दिएपछि कसरी काम गर्ने भन्ने विषयमा ओग नै अन्योलमा परेको छ ।  balananda-paudel
सरकारले ‘जिल्लाको इलाकालाई मुख्य आधारमा स्थानीय तह निर्माण गर्नु’ पर्ने उल्लेख गरी नयाँ टिओआर दिएपछि आयोग अन्योलमा पर्न गई काम नै ठप्प भएको हो । आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले अब सरकारसंग बसेर स्पष्ट भएपछि मात्रै का अगाडि बढाउने वताए ।‘अहिले नयाँ विषय आएको छ । इलाकालाई आधार मान्ने भनिएको छ । तर, इलाकाको तथ्यांक नै अभाव रहेछ ’ पौडेलले भने ‘ अब एकचोटी सरकारसंग बसेपछि मात्रै हामी स्पष्ट धारणा बनाएर अघि वढ्छौं ।’

सरकारले गत ११ असोजमा इलाकालाई मुख्य आधार बनाएर गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण गर्नु पर्ने गरी आयोगको टिओआर परिमार्जन गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।