३० जेठ, काठमाडौं ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि केही जिल्लाका उम्मेदवारको नाम टुङ्गो लगाउने बिषयमा नेपाली काग्रेसभित्र विवाद भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांंग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सबै जिल्लाको नाम टुंग्याउने भने पनि नेताहरुबीच विवाद बढेपछि टुंग्याउन नसकेको हो ।

बैठकले प्रायः जिल्लामा उम्मेदवारी टुंगो लगाए पनि मोरङ, दाङ, सोलुखुम्बुलगायतका केही जिल्लाको नाम भने टुंग्याउन नसकेको हो । बैठकपछि कांग्रेस नेता महेश आचार्यले आकांक्षी धेरै भएकाले उम्मेदवार चयनमा समस्या भएको बताए ।

बुधबारसम्ममा सबै जिल्लाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जानकारी दिनुभयो उनको भनाई छ । बैठकमा निर्वाचन नजिकै आउदा समेत उम्मेद्वारको नाम टुंग्याउन ढिलाई भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।