९ फागुन, काठमाडौं । काठमाडौं उपत्यका अहिले सामान्य वर्षा भइरहेको छ ।

देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रहँदा पश्चिम र मध्यका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार राति देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहि पश्चिमी भू–भागमा आँशिक देखि सामान्य बदलीको सम्भावना छ रहनेछ ।

यस्तै मध्य तथा पुर्वी भू–भागका केहि स्थानहरुमा साथै पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।