२७ फागुन, काठमाडौं।

मधेश आन्दोलनसँगै तेल अभाव हुने चिन्ताले काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा दुई दिनदेखि उपभोक्ताको लामो लाइन लागेको छ ।

मधेस आन्दोलनको त्रासले माग वृद्धि भएकाले पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको लामो लाइन लागेपनि अभावको अवस्था भने नरहेको नेपाल आयल निगमले जनाएको छ ।

सामान्य अवधिभन्दा दोब्बर इन्धन बजारमा माग भएकाले निगमले बिहीबार आठ लाख लिटर पेट्रोल उपत्यकामा उपलब्ध गराएको छ । यसअघि सामान्य अवसरमा चार लाख लिटर पेट्रोल मात्रै बजारमा खपत हुने गरेको थियो ।

शुक्रवार पनि निगमले ७ लाख लिटर तेल वितरण भएकाले अभावको अवस्था नरहने निगमले प्रष्ट पारेको छ । माग बढि भएपछि निगमले अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गरेको छ ।