२२ साउन, काठमाडौं ।

काठमाडौ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निवार्चित भएका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरे ।

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन् ।