नारायण ढुंगाना, २२ साउन, चितवन ।

लामो अन्यौलपछि जनप्रतिनिधि छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

बीस वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाएका छन् । भरतपुर महानगरपालिका वडा नं १९ की तारा गुरुङ एक जना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुनसक्ने भन्दै अहिले समूह नै लाग्ने हो भने असम्भव केही नरहेको बताउँछिन् ।

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन भएको दुई महिना २० दिनपछि प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि चयन भएका छन् ।

वैशाख ३१ मा भएको निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिँदा लामो समय जनप्रतिनिधि निर्वाचित भएर पनि काम गर्न पाएनन् । प्रमुख उपप्रमुख चयनसमेत रोकिएको थियो ।

साउन २१ गते जनप्रतिनिधिले पूर्णता पाएसँगै स्थानीयले विकासको मूल फुट्ने आशा यहाँका बासिन्दाको छ । उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतम २० वर्षपछिको यो समयलाई अवसरका ?पमा लिएर समृद्ध महानगर बनाउन लाग्नुपर्ने बताउँछन् ।

चुनावी नारा र घोषणापत्रलाई सही?पमा कार्यान्वयन गर्नुपर्ने भन्दै वस्तुगत विष्लेषण गरेर विकासमा लाग्न उनको सुझाव छ ।

‘दुई घण्टा पानी परे सडक र खोला छुट्याउन नसक्ने हाम्रो महानगर छ’– गौतम थप्छन्, ‘उद्योग, सडक, जमिनको संरक्षण तथा पर्यटन पूर्वाधार र विकासलाई प्राथमिकतामा पार्नुपर्छ ।’

चितवन नेपालकै मध्यबिन्दु हो । पूर्वदेखि पश्चिमका मानिसको बसोबास चितवनमा छ । बसाइँ सरेर विभिन्न जिल्लाका मानिस चितवन आउँछन् । यति राम्रो क्षेत्र हुँदाहुँदै यहाँ जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोत, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव छ । प्लटिङले जमिन खण्डीकरण भइरहेको छ ।

यस्ता विषयमा महानगर र नगर प्रमुखले विशेष ध्यान दिनुपर्ने गौतम बताउनुहुन्छ । चितवनमा दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर जिल्ला अस्पताल छन् । दुई दर्जन बढी अन्य निजी अस्पताल छन् । नारायणी राप्ती र नारायणी नदी छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमै छ । नेपालकै संरक्षित क्षेत्रमा सबैभन्दा बढी पर्यटक आउने विश्व चर्चित चितवन राष्ट्रिय निकुञ्ज छ । स्रोतसाधनले खानी भएको क्षेत्र चितवन हो, सही रुपमा सदुपयोग भयो भने, साँच्चै समृद्ध पार्न सकिन्छ तर योजनाविहीन विकास हुनु मुख्य समस्या भएको यहाँका पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन् ।

विज्ञबीच छलफल गरेर योजनाबद्ध?पमा विकासका खाका ल्याउनसके आर्थिक स्रोतको पनि चितवनमा कुनै अभाव नभएकाले भरतपुर महानगरले समग्र चितवनकै प्रतिनिधित्व गरेर काम गर्नुपर्ने उनी बताउँछन् ।

चितवनमा एउटा गु?योजना निर्माण भएको छ । त्यसलाई आधार मानेर मात्रै विकासका खाका ल्याउनसके पनि उपलब्धि हुने विज्ञ सुवेदी बताउँछन् ।

भरतपुर पूर्वाधार बिनानै महानगर भएको छ । एउटा रंगशालासमेत छैन, मुख्य सडक साँघुरा छन् । मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ । घना बस्तीमा उद्योग छ । आचारसंहिताअनुसारका भवन छैनन । राजमार्गको स्तरोन्नति हुन सकेको छैन ।

त्यसतर्फ महानगर प्रमुख उपप्रमुखको ध्यान जानुपर्ने व्यवसायीह?को धारणा छ । रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल देश विकासको आधार नै आर्थिक विकास भएकाले लगानीमैत्री वातावरणको खाँचो रहेको आँैल्याउछन् ।

अब स्थानीय तहलाई धेरै अधिकार दिएको र सरकारबाट पनि राम्रै बजेट आउने भएकाले आफ्नो ठाउँ आफैँ बनाऔँ भनेजस्तो गरी काम गर्न नगरप्रमुखलाई उनको सुझाव छ । रासस