१४ भदौ, काठमाडौं । हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले कोक बहिस्कारको अभियान चलाउनसक्ने संकेत गरेका छन् । आफ्ना सहकर्मी कुमार कट्टेल ‘जिग्री’को नामबाट कोकाकोलाले आफ्नो ब्राण्ड उत्पादन गरेको भन्दै अर्जुनले यस्तो संकेत गरेका हुन् ।

फेसबुकमा एक स्टाटस राख्दै अर्जुनले आफूहरुले लामो समय सोचेर राखेको नाम र १० वर्षभन्दा लामो समय दिएर चर्चित बनाएको सिर्जनालाई अनुमति बेगर कोकाकोलाले विज्ञापनमा प्रयोग गरेको भन्दै अर्जुनले असन्तुष्टि प्रकट गरेका छन् । साथै उनले यो विषयमा कुरा उठाउनको लागि कान्तिपुर, नयाँपत्रिका र नागरिक पत्रिकामा गएको भएता पनि उनीहरुले खासै चासो नदिएको बताएका छन् ।

अर्जुनले ठूला भनिएका मिडियाहरु पैसामा बिक्ने गरेको आरोप समेत लगाएका छन् । ‘आफ्नो दुःख पोख्न र सार्वजनिक सूचना निकाल्न भनेर उनी (कुमार कट्टेल) नेपालका ख्यातिप्राप्त पत्रिकाहरु कान्तिपुर, नयाँ पत्रिका, नागरिक नेटवर्कको कार्यालय धाए, तर देशमा सूचनाको खबरदारी गर्न आफुलाई निकै माहिर ठान्ने यी पत्रिकाहरुले कुमार कट्टेलको गुनासो बेवाश्ता मात्र हैन छाप्न समेत मानेनन्,’ उनी लेख्छन्, ‘मानुन पनि कसरी ? कोकोकोलाले जुन भारी पैसाको विज्ञापन दिन्थ्यो त्यो त कुमार कट्टेलले दिन सक्दैनथे ।’

साथै उनले ब्राण्ड दर्ता गर्ने कार्यालयमा जाँदा निकै नाम चलेको थेगोहरुको नाम पहिले नै दर्ता भइसकेको पनि स्टाटसबाट जानकारी गराएका छन् । आफ्नो नामको ब्राण्ड अरु कसैले दर्ता गरेपनि कुमारले अहिले कानुनी बाटो अपनाएका छन् । अर्जुन, कुमारले न्याय पाउनेमा आशावादी छन् । उनी अगाडि लेख्छन्, ‘ जिन्दगीभर मेहेनत गरेर बनाएको सिर्जना पैसा हुनेहरुले सेकन्डको भरमा लिएर जाने छन् र एकदिन कोकोकोला कम्पनीले कुमार कट्टेल ‘जिग्रीू’लाई नै पत्र काटेर भन्ने छ, ‘यो हाम्रो ब्रान्डको नाम हो, तैलेँ प्रयोग गर्न पाउने छैनस् ।’ यदि यस्तो भयो भने लाखौँ ‘जिग्री’हरु आफ्नो कर्म छाडेर विदेशिन बाध्य हुनेछन्, किनकि यहाँ कमेडियनहरुको सिर्जनाको कपिराइटको विषयमा बोल्ने कोहि छैनन् ।’

जब धन बोल्छ अनि सत्य चुप लाग्छ। हाम्रो पिरमर्का विगत केही वर्ष यता गीत सङ्गित चोरी र सर्जकको…

Posted by Arjun Ghimire on Saturday, August 31, 2019