२ जेठ, पाँचखाल ।

काभ्रेको पाँचखालमा आज विहान बसको ठक्करवाट एक बृद्धको मृत्यु भएको छ । पाँचखाल नगरपालिका नौ कास्कोटे बालुवामा एक सय दुई बर्षिय बृद्ध जीतबहादुर लामाको बसको ठक्करवाट मृत्यु भएको हो ।

विहान १० बजे जुगल यातायातको बा २ ख २९९६ नम्वरको बसले ठक्कर दिँदा स्थानीय बृद्ध लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्युपछि स्थानीयले बसका चालकलाई नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरेका छन ।

Kavre Durghatana

चालकको लापरवाहीले बृद्धले ज्यान गुमाएको भन्दै स्थानीयले हात खुट्टा बाँधेर सिन्धुपाल्चोक साँगाचोक निवासी बसका चालक राजकुमार कार्कीलाई कुटेका हुन ।

सिंहदरवार घेर्ने आन्दोलनमा नयाँ शक्तिको एक्यबद्धता

कुटपिटवाट घाइते कार्कीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएका छ । स्थानीयले चालकलाई अस्पताल लैजान समेत रोक्ने प्रयास गरेका थिए । अहिले घटनास्थल पुगेर प्रहरीले स्थिती नियन्त्रणमा लिएको छ । स्थानीयले प्रहरीको गाडीमा समेत ढुंगामुढा गरेका छन् ।

दीपकुमार दिल्लीबाट हिँडेपछि देउवाको ट्वीट