२८ भदौ, काठमाडौ । नेकपा एमालेले संविधानसभा निर्वाचनमा उमेदवारीमा सिफारिशगर्न राजधानी आएका नेता/कार्यकर्तालाई कार्यक्षेत्रमा फर्कन निर्देशन दिएको छ ।

एमाले स्थायी समितिको आज बसेको बैठकले चुनावमा लाग्ने निर्णयगर्दै कार्यक्षेत्रमा फर्कीएर निर्वाचन तयारीमा जुटन निर्देशन दिएको हो । बैठकपछि सचिव विष्णु पौडेलले प्रकाशित गरेको विज्ञप्तीमा निर्वाचन तयारीका लागि कार्यक्षेत्रमा खटन निर्देशन दिने निर्णय भएको जनाएका हुन् ।

बैठकमा पार्टीको घोषणा पत्र तयारीको काम तथा जिल्लाबाट आएका सिफारिसको आधारमा उम्मेदवारको टुङ्गो लगाउने बिषयमा छलफल भएको थियो । स्थायी समितिको आगामी बैठकले घोषणा पत्रलाई अन्तिम रूप दिइने जनाएको छ ।