सुमन सुस्केरा

२८ भदौ, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा रहेको नापी कार्यालयमा शुक्रवार विहान भएको बम विस्फोटमा ८ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाईते हुनेमा सर्लाही पाँतगछिया ३ का राजकिशो राम, पिडारी ४ का ४० बर्षिय नापीकार्यलयका शाखा अधिकृत नागेन्द्र राय, सलेमपुर ६ का २५ बर्षिय सरोज महतो, बेलवा जब्दी ९ का ४५ बर्षिय हरिचन्द्र राय, १० बर्षिय सरोज कुमार पासवान, बसन्तपुर २ का ६० बर्षिय फेकु मण्डल, रामबन ८ का ३० बर्षिय गौरी शंकर महतो, भक्तीपुर ८का ३० बर्षिय फेकु महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गम्भीर घाईते भएका हरुको जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपछि अन्यत्र रिफर गरिएको छ । राज किशोरामलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज अर्का सर्लाही रामबन ८ का ३० बर्षिय गौरी शंकर महतोलाई काठमाण्डौको बिएण्ड बि अस्पताल पठाईएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ ।

शुक्रबार बिहान नापी कार्यालयमा सेवाग्राहीको भिडभाड भएको बेला कार्यालयको गेट नजिकै विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र बम विस्फोट गराउनेको पहिचान हुन नसकेको जानकारी दिएको छ । विस्फोटपछि मलंगवामा सुरक्षाव्यवस्था कडा पारिएको छ । बम विस्फोट भएको ठाउँ जिल्ला प्रहरी कार्यालयबाट ६० मिटरको दुरीमा रहेको छ ।

यसैबिच, आज स्थानिय एफएममा टेलिफोन गरी स्वतन्त्र राष्ट्रिय मुक्ति मोर्चाले विस्फोटको जिम्मा लिएको छ । मोर्चाका मिथिला सैन्य कमाण्डर सिद्धार्थ विद्रोही भन्नेले फोन मार्फत घटना आफुहरूले गराएको बताएका हुन् । तराईका सरकारी कार्यलयहरुमा बढी भ्रष्टाचार हुने गरेको सर्वधारणले दुख पाउने गरेको कारण पनि चेतावनी स्वरुप बम विस्फोट गराईएको भन्दै उनले नापी, मालपोत, अदालतमा बढी भ्रष्टाचार गरेको बताए ।
अदालतलाई लक्ष्यीत गरेर विस्फोट गराउन खोजेका थियौ उनले भने ‘सेवाग्राही सर्वसाधारणको भिडभाड भएको कारण नापी कार्यालयमा विस्फोट गराईएको हो ।’ मधेशका कार्यलय प्रमुखहरुले पैसा मागेर सर्वसाधारणलाई दुख दिने गरेका छन् उनीहरुलाई नहटाउँदासम्म कार्वाही जारी राख्ने बताए । तर घटनास्थलमा अखिल तराई मुक्ती मोर्चा जयकृष्ण गोईतको पर्चा भेटिएको छ । घटनाको बारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।