४ असोज, काठमाडौं ।

संविधान पारित भए देखि बिच्किएका एमाओवादी नेता डा बाबुराम भट्टराईले संविधान जारी भएपछि तीन दलले आयोजना गरेको संविधान स्वागत सभामा पनि अनुपस्थिति देखाएर आफ्नो असन्तुष्टीलाई अझै प्रष्ट पारेका छन् ।

सैनिक मञ्च टुँडीखेलमा तीन दलले गरेको संयुक्तसभामा अनुपस्थित भएका बाबुराम भट्टराईले आफू विरामी भएको कारण देखाएपनि उनको असन्तुष्टि खुलारुपमा ब्यक्त गरे ।

Baburam at bhaktapur (1)

फाइल तस्विर

बाबुरामको सचिवालयले उनी विरामी परेर बेडरेष्टमा रहेको जनाएको छ । संविधान पारित भएदेखि अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममा सँगै नदेखिएका बाबुरामले संविधान जारी भएपछि पनि देशको आधा जनसंख्या बेखुसी रहेको समयमा दीपावली गरेर उत्सव मनाउने अवस्था नरहेको बताएका थिए ।

संविधान जारी गर्ने समारोह छोडेका बाबुराम भट्टराई फर्के

बाबुराम मात्र नभएर टुडिखेलमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि देखिएनन् । कांग्रेस नेता शेर बहादुर देउवा पनि सभामा अनुपस्थित देखिएका छन् ।

अव बाबुराम भट्टराइ के गर्लान- नयाँ शक्ति कि ….

सबै शीर्ष नेता सहभागी सभामा यी तीन नेताको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ । कतिपयले बाबुराम प्रचण्डसँग सम्बन्ध बिच्छेदको तयारीमा रहेको अनुमान समेत गरेका छन् ।