अशोक महर्जन
११ पुस , काठमाडौं।

किरातहरुको महान चाड उधौलीका अवसरमा राजधानीको टुँडिखेलमा हजारौं युवायुवतीहरुको भीड थियो । किरात जातीले वर्षको दुईचोटी मंसिर पुर्णिमामा साकेला उधौली र वैशाख पुर्णिमामा उभौली पर्व मनाउने गर्दछ ।

kirat festival girls (7)

त्यहाँ कोही परम्परागत नाचमा व्यस्त थिए, कोही ढोल र झ्याम्टा वजाउदै नाचमा सहभागी हुदै थिए । केही युवतीहरु भने आफ्नो अनुहारमा किरात जातीको महत्व झल्काउने विभिन्न वाजा र प्रतिक चिन्हहरु लेखाउदै थिए । कसैले ढोल र झ्याम्टाको चित्र गालामा वनाए भने कसैले यायोक्खा झण्डा , वावुक वा चिण्डो ,चरी वाजा , विनायो, धनुकाँध आदी वनाउदै थिए ।

किरात जातीमा यी चीजहरुको विशेष महत्व राख्ने गर्दछ । साकेला उधौली र उभौली पर्वका अवसरमा ढोल र झ्याम्टाको प्रयोग गर्ने गरिन्छ । बावुक वा चिण्डोको प्रयोग किरात देवको पुजाआजामा ,विवाहसंस्कारमा र मृत्यु संस्कारमा जाँड रक्शी राख्नका लागि प्रयोग गरिन्छ ।

यायोक्खाको झण्डा किरातजातिको मौलिक झण्डा हो यो माछाको पुच्छरको आकारमा वनेको हुन्छ । किरात जातिको ऐतिहासिक हतियारका रुपमा धनुकाँधलाई लिने गरिन्छ । यस्तै विभिन्न प्रकारका ऐतिहासिक महत्व वोकेका चित्रहरु त्यहाँ उपस्थित किरात युवतीहरुले आफ्नो अनुहारमा वनाए ।

यायोक्खाको झण्डा अनुहारमा वनाएका रेश्मा राई भने ‘यसले किरात संस्कार र संस्कृतिको प्रतिनिधि गर्छ त्यसैले राम्रो लागेर वनाएकी हुँ ।’

तस्बिर हेर्नुस्:

kirat festival girls (9) kirat festival girls (8) kirat festival girls (6) kirat festival girls (5) kirat festival girls (4) kirat festival girls (3) kirat festival girls (2) kirat festival girls (1) kirat festival girls (10)