ढुङ्गे युगदेखि आधुनिक युगसम्म आइपुग्दा विज्ञानले धेरै भन्दा धेरै आविष्कार गरिसकेको छ। पहिलो टेलिस्कोप देखि पुनः प्रयोग गर्न मिल्ने अन्तरीक्षयान सम्म आइपुग्दा कति आविष्कारहरू भए, गणना गरेर साध्य लाग्दैन। तर त्यी आविष्कारहरूमध्ये सबैभन्दा रोचक हो ‘तस्विर’।

उत्कृष्ट तस्विरले मन छुन्छ, आफैले दृष्यावलोकन गरेजस्तो हुन्छ, अनि बल्ल पत्यार लाग्छ। सन् २०१५ भरीमा विश्वभरीबाट चुनिएका तस्विरहरू यस प्रकार रहेका छन्ः

१. यो वर्ष मध्यपूर्वीय देशहरूबाट ठूलो सङ्ख्यामा प्रवासीहरू यूरोप पुगे। अन्तराष्ट्रिय प्रवासी सङ्गठनको अनुसार प्रवासीहरूको सङ्ख्या १० लाखभन्दा बढी पुगेको थियो। तीमध्ये धेरैजसो प्रवासीहरू सिरियाबाट आएका थिए, जहाँ करीब ४ वर्षदेखि गृह युद्धले गर्दा २ लाख भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।best photos of 2015 (4)

२. नाइजेरियामा यो वर्ष पूर्व सैन्य शासक ‘मुहम्मद बुहारी’ राष्ट्रपतिको चुनाव जित्ने पहिलो विपक्षी उम्मेदवार बने। यसै खुशियालीको क्रममा उनको पार्टी समर्थकले अर्को समर्थकको मोटरसाइकललाई ठक्कर दिएको अवस्थामा खिचिएको तस्विरbest photos of 2015 (2)

३. यहि वर्षको अप्रिल महिनामा नेपालमा ७.८ रिक्टर स्केलको महाभूकम्पले ८,००० जना भन्दा बढीको ज्यान लियो र हजारौँको त घरबास नै उठायो। यसैक्रममा मर्नेहरूको अन्तिम संस्कार काठमाडौँको पशुपतिनाथ मन्दिरमा गरिएको थियो।best photos of 2015 (8)

४. दक्षिण चिलीको ‘कालबुको ज्वालामुखि’बाट अप्रिल महिनाभरिमा ८ दिनसम्म ३ चोटी लाभा निकालेको थियो, जसले गर्दा त्यहाँको सरकारले साढे २ हजार बासिन्दाहरूको गाउँ खालि गर्नुपरेको थियो।best photos of 2015 (5)

५. ब्रिटेनकी महारानी ‘इलिजावेथ द्वितीय’ सबैभन्दा लामो समयसम्म राजगर्ने रानी बनेपछि उनले देश-विदेशका आफ्ना समर्थकहरूलाई ‘हृदयस्पर्शी सन्देश’को लागि धन्यवाद ज्ञापन गरेकी थिइन्। ब्रिटिसको स्ट्याण्डर्स टाइमको अनुसार ९ सेप्टेम्बरको साँझ ५.३० बजेसम्म उनी २३,२२६ दिन, १६ घण्टा र करीब ३० मिनेटसम्म रानी भैसकेकी थिइन् र उनले आफ्नो हजुरआमा रानी भिक्टोरीयाको रेकर्ड पनि तोडिसकेकी छिन्। उनी न्यू स्कटिस बोडर रेल्वे लाइनको एक ट्रेनमा सवार गरिरहेको बेला खिचिएको तस्विरbest photos of 2015 (9)

६. ‘इसाई र मुसलमान भनेको भाइबहिनी जस्तै हो’ भन्ने घोषणा गरेपछि ‘पोप फ्रान्सिस’ विरुद्ध उठेका बासिन्दाहरूको तस्विरbest photos of 2015 (1)

७. बेलारुस र पूर्वी यूक्रेनको सङ्घर्ष अन्त्य गर्ने बारे लामो वार्ता हुँदै गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूbest photos of 2015 (3)

८. चीन, बेइजिङ्गको ‘थियानानमेन चोक’मा बाक्को तुँवालो लाग्दै गर्दा ध्वजारोहण गर्ने अवसरको क्रममा मानिसहरूले आफ्नो मोबाइल उठाएर तस्विर खिच्दैbest photos of 2015 (6)

९. फ्रान्सको राजधानीको व्यङ्ग्य पत्रिका ‘शार्ली एब्डो’को अफिसमा भएको बम हमलामा १७ जनाको मृत्यु भएपछि, लाखौँ मानिसहरू र्यालीमा सामिल हुँदैbest photos of 2015 (7)

१०. यो वर्ष दुनियाभरकै मानिसहरूले एक अद्भुत खगोलीय गतिविधीको अनुभव गरे, जब चन्द्रग्रहणको साथमा कथित ‘सुपरमून’ पनि देखिएको थियो।best photos of 2015 (10)

यो पनि हेर्नुहोस्-

सन् २०१५: बलिउडमा बोल्ड फिल्मको बाढी- फोटो फिचर

नेपालमा सन् २०१५ का सबैभन्दा चर्चित ह्यास ट्याग

सन् २०१५ का विश्वभरका प्रमुख घटना, कहाँ के के भए?

विश्व प्रेस फोटो प्रतियोगिताको उत्कृष्ट तस्विरहरू!!
सहि पलमा खिचिएका खेलकुदका १० तस्विर