१६ असोज, एजेन्सी । बार्कको ३८औं हप्ताको टिआरपी लिस्टमा एकदमै परिवर्तन आएको छ । यो साता कपिल शर्माको फ्यानको लागि ठूलो झट्का लागेको छ । कपिलको शो टीआपीको टप ५ बाट पनि बाहिरिएको छ । त्यसैगरी यो साता कुमकुम भाग्यको टीआरपी छलाङ मारेको छ ।

कुण्डली भाग्य यो साता पहिलो नम्बरमा छ । यसले श्रद्धा आर्याको शो ये रिश्ता क्या कहललाता हैलाई टिआरपीमा कडा टक्कर दिएको छ । यो सिरियल अघिल्लो साता दोश्रो स्थानमा पनि थियो । अमिताभ बच्चनको शो कोन बनेगा करोडपति गतहप्ता झैं यो साता पनि तेश्रो नम्बरमा थियो ।

त्यसैगरी कुमकुम भाग्य यो साता चौथो नम्बरमा छ । अभि र प्रज्ञाको शो बालाजी टेलिफिल्मले निर्माण गरेको हो । यो सिरियल वर्षको सबैभन्दा बढी रुचाइने शो बनेको छ । यस्तै तारक मेहताकी उल्टा चश्मा पाचौं स्थानमा छ । यस्तै द कपिल शर्मा शो को टिआरपीमा यो साता पनि गिरावट आएको छ ।