२८ असार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओली केही दलले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन ।

नेपाल वैदेशिक रोजगार व्यासायी संघको निर्वाचनका सन्दर्भमा एमाले निकट संयुक्त व्यवसायी समूहले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही दलले सत्ताको दुरुपयोग गर्दे नियमबिपरित विभिन्न क्षेत्रको लाईसेन्स वितरण गरेको आरोप लगाएका छन ।

उनले शुन्य सहनशिलताको रटानले मात्र नपुग्ने भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने बताए । फरक प्रसंगमा उनले सिमित व्यक्तिको स्वार्थका लागी राष्ट्रपतिलाई विवादमा ल्याउने कार्य गरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले बैदेशिक क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नका लागी स्वयं बैदेशिक रोजगार व्यवसाय गम्भीर हुनुपर्ने बताए ।