५ माघ, जनकपुरधाम ।

मधेशी मोर्चा र तीन प्रमुख दलबीचको वार्ता भाँडिन थालेको समयमा सँधै उग्र कुरा गर्ने राजेन्द्र महतोले भने अव सहमति हुन लागेको दावी गरेका छन् । दिल्लीबाट काठमाडौं आएर राजनीतिक भेटघाटपछि मधेश झरेका महतोले केही दिन भित्र सहमति हुने दावि गरेका हुन् ।

मंगलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले प्रधानमन्त्री ओली गम्भिर भएका कारण सहमति हुने भन्दै प्रधानमन्त्रीको प्रशंसा नै गरे ।

Mahato Kathmandu from Delhi (2)

अहिले सम्मको वार्ता तीन दल गम्भिर नभएका कारण असफल भएको भएपनि अहिले तीन दलका प्रमुख नेतालाई आफूले गम्भिर पाएका कारण अव सहमतिको संकेत देखिएको उनको भनाइ छ ।

सिंहदरवारका इट्टामा इट्टा प्रहार हुन्छ – भारतीय मिडियामा उपेन्द्र यादव

कार्यदल स्तरीय वार्ता समाप्त भएको मधेशी मोर्चाको घोषणा

गएको भदौमा सद्भावना अध्यक्ष महतोले मधेसको समस्या समाधान नभएसम्म काठमाडौं नफर्किने र पार्टीको मुख्य कार्यालय पनि मधेसमा नै सार्ने बताएका थिए।

त्यसपछि सद्भावनाका सभासदहरुले संविधानसभाबाट पनि राजीनामा गरेका थिए । तर राजेन्द्र महतोलाई विराटनगरको जोगवनी नाकामा प्रहरीसँग भएको झडपमा प्रहरीले चुटेर भारत गए तर प्रधानमन्त्रीको फोन पछि काठमाडौं आएका थिए । प्रधानमन्त्री ओली र महतोको पछिल्लो सम्बन्धले माहौल बदलिएको छ ।

बाबुरामलाई गगन थापाको राजनीतिक झापड