१८ असोज, काठमाडौं । कृष्ण बहादुर महरा-रोशनी शाही बलात्कार प्रकरणमा एकपछि अर्को ट्विस्ट आउने क्रम जारी छ। शनिबार महरा प्रकरणले जबरजस्त माेड लिएको छ ।

महराको राजनीतिक भविष्यनै हल्याउने गरी आएको प्रकरणमा रोशनी शाहीले प्रहरीमा बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

यो पढ्नुहाेस्-  महरा प्रकरणमा नयाँ ट्विस्टः रोशनी शाहीले दिइन् किटानी जाहेरी

रोशनी शाहीले तत्कालिन सभामुख कृष्ण बहादुर महराले आफूमाथि बलात्कारकाे प्रयास गरेको आराेप लगाएपछि यो प्रकरण शुरु भएको हाे । राेशनीकाे आरोपपछि नेकपाकाे बैठकले महरालाई राजीनमा गर्न सुझायाे । त्यसपछि महराले म‌ंगलबार सभामुख पदबाट राजिनामा दिए । तर राेशनी शाहीले मंगलबार नै सबैलाई आश्चर्यचकित पार्दै आफ्नो कुरा फेरिन् । उनले कृष्णबहादुर महराले बलात्कारको प्रयास नगरेकाे भन्दै उनी आफ्नाे बुवासमान भएको दाबी गरिन् । 

यो पनि पढ्नुस्- महरालाई बाबुरामको चिठी

यसबीच सामजिक सञ्जालमा अनेकथरि टिप्पणी सुन्न पाइयाे । कसैले महरालाई आराेप लगाए भने कतिले महिला नै गलत भएकाे समेत भन्न भ्याए । धेरैले त महराले पीडित भनिएकी महिलासँग लाखाैंमा ‘डिल’ भएकाे समेत आँकलन गरे ।

यो पनि पढ्नुस्- महरा प्रकरणमा दीपक: यहाँ त रोग पनि बदनाम भयो

रोशनी शाहीले बयान फेरेपनि महरा श‌ंकाकाे घेरामै छन् र थिए पनि । प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो जसले गर्दा महरालाई  यसबाट उम्किन सजिलो थिएन । कल डिटेल रेकर्ड र सिसिटिभी फुटेज पनि महराकाे विपक्षमै देखिन्छ ।

यसअघि रोशनी शाहीले उजुरी नगरेपछि लगभग ‘क्लोज’ हुने अवस्थामा पुगेको केश उनको किटानी जाहेरीपछि फेरि अनुसन्धानमा तानिएको छ । शाहीको जाहेरीपछि प्रहरीलाई पनि घटनाको अनुसन्धान गर्न सहज भएको छ । अब प्रहरीले महरालाई हिरासतमै राखेर अनुसन्धान गर्नमिल्ने भएको छ । तर प्रहरीले कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी नै छ ।