१८ असोज, काठमाडौं । नेपालथोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काभ्रेपालाञ्चोक र सिन्धुलीको सिमाना अन्तर्गत बिपी राजमार्गमा भएको दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते भएका छन् । १७ जना घाइते भएका छन् ।

File Photo

काठमाडौंबाट सिराहतर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रारम्भिक अनुमान छ ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाइ छ । बसमा दशैं बिदा भएर घर गइरहेका यात्रुहरु थिए ।