२४ कात्तिक, एजेन्सी ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले राष्ट्रपतीय चुनावको अन्तिम प्रचारका क्रममा दिएको भाषणले चुनावमा पराजय हुने संकेत गरेको अन्तराष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।

ट्रम्प राष्ट्रपति भएपछि रुसले राख्यो अहिले सम्म नराखेको प्रस्ताव

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक भएपनि उनको अन्तिम भाषणमा जे पनि हुन सक्ने संकेत रहेको उनीहरुको भनाइ थियो । नभन्दै ओबामाकी उत्तारधिकारी बन्न खोेजेकै उनकै सरकारकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन चुनावमा ट्रम्पसँग अनपेक्षितरुपमा पराजित हुन पुगेकी छिन् ।

obama-sober-look उनले अन्तिम चुनावी भाषणका क्रममा अमेरिकी जनताहरुलाई भनेका थिए, “जेसुकै भएपनि भोली विहान सूर्योदय हुनेछ” । राष्ट्रपति ओबामाले जाँदा जाँदै भनेका यी शब्दहरुलाई कतिपय विश्लेषकले हिलारीको सम्भावित हारबारे ओबामालाई पूर्व ज्ञान रहेको भनेर औंल्याएका छन् ।

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

गम्भिर मुद्रामा देखिने अन्तिम भिडियो म्यासेजमा ओबामाले भनेका छन्, “आउनुस् अव सामाना गरौं, निक्कै थकित र गलित बनाउने चुनाव यो ।”

obama-final-speech

निक्कै गम्भिर देखिएका ओबामाले भनेका थिए चुनावमा अनेक घटना हुने भएपनि अमेरिका सँधै बलियो भएर आएको बताए । उनले सन्देशको अन्त्यमा भनेका थिए कि “जेसुकै भएपनि भोली विहान सूर्योदय हुनेछ । र अमेरिका सँधै जस्तै सबैभन्दा असल देश रहनेछ।”

प्रमुख सहयोगीले भने- घर गएर सुत्नुस् हिलारी आज बोल्नु हुन्न !

उनको यो भनाइलाई धेरैले चुनावमा पराजयको पूर्वाभाषको रुपमा अर्थ्याएका छन् । विश्लेषकहरु भन्छन् ओबामाले हिलारीले हार्ने संकेत पाइसकेका कारण उनी आफ्नो अन्तिम सन्देशमा त्यति धेरै गम्भिर देखिएका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)