पछिल्लो केहि हप्तादेखि हलिउड अभिनेता ‘टेरी क्रू’को एक भिडियो सिरीजलाई लाखौँ दर्शकहरूले मन पराएका छन् जहाँ उनले आफू पोर्नोग्राफीको लतबाट कसरी गुज्रनुपर्यो भनेर बिस्तारमा बताएका छन्।

तर, अब प्रश्न के उठ्छ भन्दा के पोर्न लत हो? टेरीले आफ्नो तीन भागको भिडियो सिरीजलाई ‘डर्टी लिटल सिक्रेट्स’ नाम दिएका छन्। यसमा उनले करीब १२ वर्षको हुँदा देखि पोर्न हेर्न सुरु गरेको कुरा पनि स्वीकार गरेका छन्।Terry Crew

पूर्व अमेरीकी फुटबल खेलाडी रहेका टेरी क्रू लाई हाल उनको टिभी र फिल्मको भूमीकाले चिनिने गरिन्छ।

उनी भन्छन्- “पोर्नले वास्तवमै मेरो जिन्दगीलाई धेरै तरिकाले बरबाद गरेको छ। दिन कटेर रात हुँदासम्म पनि तपाईँ पोर्न हेरिरहनुहुन्छ भने त्यसलाई लत नभने के भन्ने त?”

यहि लतकै कारण उनकी गायिका पत्नी ‘रेबेका किङ्ग क्रू’सँगको सम्बन्धमा पनि चिसोपना आएको उनले स्वीकार गरेका छन्।

टेरीको कुरालाई फेसबुकमा पनि हजारौँले समर्थन जनाएका छन्। तर ‘पोर्नको लत’को बारेमा भने कैयौँ विवादास्पद कुराहरू भैरहेका हुन्छन्।Searching for Porn

अमेरीकी मनोवैज्ञानिक एसोसियसनले जारी गरेको ‘डायग्नस्टिक एण्ड स्टाटिस्टिकल म्यानुअल’को नयाँ संस्करणमा पोर्नलाई एक विकृतिको रूपमा शामिल गरिएको छैन। कैयौँ विशेषज्ञहरूका अनुसार पोर्न हेर्ने व्यक्तिको दिमाग र लागूपदार्थ सेवन गर्नेको दिमागले भिन्दाभिन्दै तरिकाले काम गर्दछ।

एक अनुसन्धानमा, क्याम्ब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले पोर्न हेर्ने १९ पुरुषहरूको मस्तिष्क स्क्यान गरे। र जब उनीहरूलाई मनपर्ने लतका कुरा देखाइयो तब उनीहरूको मस्तिष्कको एक खास केन्द्र सक्रिय भएको देखिएको थियो।Adults Only

लस एन्जलसको क्यालिफोर्निया युनिभर्सिटीका एक अनुसन्धानकर्ता ‘निकोल प्रज’ भन्छन् कि पोर्नलाई रक्सी र अन्य लागूपदार्थको लतसँग जोड्नु हुँदैन। उनले भने- “पोर्नको लतमा मानिसको दिमाग कुनै अरू नशाको लतको जस्तै देखिन्छ, तर यो धेरै बेरसम्म रहिरहँदैन। यसैले गर्दा नै पोर्नलाई लतको रूपमा हेर्न सकिँदैन।”

उनले थप्दै भने- “मस्तिष्क विज्ञानका अनुसार पोर्न एक होइन, र यसलाई एक नशाको रूपमा देखाउँदा त्यसले प्रतिकूल असर पार्न सक्दछ।”Use of Condom in porn

तथापी, पोर्नलाई लतको रूपमा नमानेपछि पोर्नको लतमा फसेका हजारौँ व्यक्तिहरू भने निराश छन्। यस्ता व्यक्तिहरूको छुट्टै फोरम पनि बनेको छ, जहाँ उनीहरूको अनलाइन पोर्नोग्राफीको लतलाई छोड्नको लागि संघर्ष गर्ने कुराको स्वीकार पनि गर्छन्।

यो पनि हेर्नुहोस्-
कतै तपाईँको फोटो पोर्न साइटमा त छैन?
विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)
जवर्जस्ती पोर्नस्टार बनाइएकी नेपाली चेलीले जितिन् ७२ करोडको मुद्धा
अन्तरिक्षमा यौन सम्बन्धको भिडियो खिचेर पोर्न फिल्म बनाउने तयारी