फेसबुक, ट्वीटर अनि इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा फोटो सेयर गर्ने प्रवृत्ति अहिले ह्वात्तै बढेको छ। विशेष गरी सेयर गरिएको फोटोहरूमा आएको लाइक र कमेन्ट देख्दा सबैलाई खुसी लाग्नु स्वाभाविक नै हो। यस्तै सुविधाले गर्दा नै आजभोली इन्स्टाग्राम र फ्लिकर जस्ता फोटो सेयरिङ्ग वेबसाइटहरू चर्चित हुँदै गएका छन्।

Keyboardतर आफ्नो फोटो सेयर गर्नेबेलामा सावधानी अपनाउनु जरुरी हुन्छ, किनभने तपाईँको फोटो गलत हातमा पर्यो भने त्यसले तपाईँको जीवनमा नकारात्मक परिवर्तन ल्याउन सक्दछ।

कैयौँ व्यक्तिहरूको तस्विरलाई यस्ता सामाजिक सञ्जालबाट झिकेर त्यसलाई इडिट गरि अश्लील वेबसाइटमा अपलोड गरिने गरेको धेरै घटना पाइने गरेका छन्। विशेष गरि युवतीहरूको तस्विरलाई फेसबुक, इन्स्टाग्राम, फ्लीकर बाट झिकेर त्यसलाई अश्लील पाराले एडिट गरी पोर्न वेबसाइटहरूमा भेटिने गरेको विभिन्न मिडिया रिपोर्टले बताउने गरेको छ।

यस्तो स्थितीबाट बच्नको लागि कुनै पनि सामाजिक सञ्जालमा तस्विर राख्दा त्यसलाई ‘पब्लिक’ नबनाउनुहोला। केवल आफ्ना साथीहरूले मात्रै हेर्न मिल्ने गरी राख्दा यस्तो रिस्क कम गर्न सकिन्छ। यदि कुनै व्यापार व्यवसायको लागि तस्विर राख्नुपरेको छ भने त्यसमा वाटरमार्क लगाएर मात्र अपलोड गर्ने गर्नुपर्छ। जब इन्टरनेटमा कुनै तस्बिर वा भिडियो फैलिन्छ तब त्यसलाई हटाउनु असम्भवझै हुने हुँदा तस्बिर अपलोड गर्दा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ।

यो पनि हेर्नुहोस्-
हलिउडकर्मी एक्ट्रेसलाई अश्लील फोटो लिक गर्ने धम्की
अश्लील भिडियो सार्वजनिक भएपछि …..
बलिउडका १० विवादास्पद चलचित्र
नर्स बन्न चाहने सनी लियोनी यसरी बनेकी थिइन पोर्न स्टार
विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)