यदि तपाई एक्लोपनबाट दिक्क हुनुहुन्छ भने अब खुशी हुनुहोस् । किनकि अब तपाईलाई मनोरञ्जन र केयर गर्ने डिजिटल गर्लफ्रेन्ड अर्थात् प्रेमिका आइसकेकी छिन् ।digital-girlfriend

प्रविधिसँग सम्बन्धित एक कम्पनीले डिजिटल गर्लफ्रेन्ड लञ्च गरेको छ । जोसँग तपाई सारा भावना व्यक्त गर्न सक्नुहुन्छ, रमाइला कुराकानी गरेर आफूलाई प्रफूल्ल बनाउन सक्नुहुन्छ ।

यो एउटा उपकरण हो, जसलाई हालोग्राफिक रोबट भनिन्छ । कम्पनीले यस प्रविधिको प्रचारप्रसारका लागि बनाएको एक विज्ञापनमा डिजिटल प्रेमिकाले के–कसरी कुरा गर्छिन् भन्ने सुझाइएको छ ।

यो ‘डिजिटल प्रेमिकाको आवाज केही डरलाग्दो सुनिन्छ, यदि तपाईलाई आवाजसँग त्यस्तो डर छैन भने तपाई किन्न सक्नुहुन्छ । यद्यपी, यसको मूल्य केही महंगो छ ।