प्रयास पराजुली
काठमाडौं ।

नेपाल अहिले निकै पीडाको पहाडले च्यापिएको अवस्थामा भारतले नाकाबन्दी गरेर देखाएको दादागिरीको पीडा खेपी रहेको छ । जनप्रतिनिधि मार्फत संविधानसभाबाट सविधान जारी गरेको भारतलाई पटक्कै चित्त बुझेन । जसको शक्ति उसैको भक्ति भनेझैं भारतले पनि सानो मूलुकमाथि नियम कानुनको धज्जी उडाउदै नाकाबन्दी जारी राखेको छ । नाकाबन्दीले नेपाली पीडा बेर्होदै छन ।

तर सरकारमा रहेको नेपाली कांग्रेस जनताले यत्रो विघन दुःख पाउदा समेत भारतले नाकाबन्दी गरेको हो भन्न डराईरहेको छ । खुट्टा कमाइरहेको छ । जो सरासर भारतको दलाली गरिरहेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले नाकाबन्दी भन्ने समेत निर्णय गर्न सकेन यो भन्दा विडम्बना अरु के हुन सक्छ ? सरकारले अझै पनि नाकाबन्दी हो भनेर निर्णय गर्न हिच्किचाइरहेको छ । अरु ढुंगा बोल्ला सरकार बोल्दैन ।

जनता सडकमा आइसकेका छन् । भारतको थिचोमिचोको विरुद्ध नझुक्ने कसम खाइसकेका छन् । जनता अझै केही दिन पैदल हिड्न र भोकै बस्न तयार भएका छन् । तर सरकार भारतको विरुद्ध खबरदारी गर्दा सर्वश्व नै गुम्ने भन्दै थरथर काँपिरहेको छ ।

संविधान जारी भएपनि शंकास्पद पात्र कोइराला
संविधान जारी हुनुपूर्व संविधान जारी हुने वित्तिकै सरकारको नेतृत्व छोडने सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका प्रधानमन्त्री कोइरालाको भूमिका शंकास्पद देखिएको छ । भारतले गरेको नाकाबन्दी विरुद्ध बोल्न हिच्किचाइरहेका कोइरालाले नाकाबन्दी खुलाउनको लागि अहिलेसम्म खासै पहल नै गरेका छैनन् । संविधान जारी भएको झण्डै एक महिना पुग्न लाग्दा समेत संविधान कार्यान्वयन गर्नको लागि तदरुपता देखाएको छैन ।

पछिल्लो समयमा कांग्रेसले राजनीतिक संवादलाई समेत वेवास्था गरेको छ । आफ्नो नेतृत्वमा संविधान जारी गर्न सफल भएको कांग्रेसले संविधान कार्यान्वयन गर्नको लागि राष्ट्रिय सहमतिको सरकारलाई प्राथमिकता दिएको छैन । सकेसम्म आफ्नै नेतृत्वको सरकार गठन गर्ने तयारी गरेपनि संविधान जारी गर्नको लागि एकीकृत भएका सहयात्री दलहरुको कांग्रेसले चित्त दुखाएको छ । कांग्रेसले यस पटक आफ्नो सक्कली अनुहारको घुम्टो उघारेको छ ।

कोइराला लम्पसार परे फेरी, कांग्रेसकै कारण भारतको दादागिरी
संविधान घोषणा गरे लगत्तै भारतले तराई मधेसमा आन्दोलनरत दलहरुलाई उपयोग गदै नाका ठप्प पारेको छ । नाका खोल्नको लागि चाबी बोकेर बसेका प्रधामन्त्री कोइराला ब्युँझिएका छन कि चिर निद्रामा छन धेरैको चासो विषय बन्न पुगेको छ । वालुटारमा प्रधामन्त्री छन कि छैनन ? यदी भैदिएको भन किन भारतको यति घेरै थिचोमिचो गर्दा समेत देशवासीलाई आश्वस्त पार्ने काम गर्न सकिरहेका छैनन ?

भारतले गरेको दादागिरीको विरुद्ध अहिलेसम्म अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता भइसकेको हुनुपर्ने हो । नागरिकले केही दिन सास्ती खेपे पनि अहिलेसम्म डिजल पेट्रोल, ग्यास, औषधी लगायतका अत्यावश्यक वस्तु पाउनु पर्ने हो । कांग्रेसकै नेता भन्छन, भारतको आर्शिवादमा सरकारको नेतृत्व गर्नेहरु मौन छन, बोल्न आवश्यक ठानिरहेका छैनन ।

सरकारको बदमासीको कारण जनता सडकमा निस्किएर पनि निरीह जस्तै भएका छन् । जनता नझुक्न दबाब दिइरहेका छन । तर सरकार झुक्न तयार हुँदै मौनता साद्यिरहेको छ । सरकारलाई आफ्नो सार्वजनिक धारणा सार्वजनिक गर्न दबाब दिदा समेत सरकार एक कानले सुनेर अर्को कानले उडाउदै आएको छ । जनता प्रश्न गर्न थालेका छन,‘कतै कांग्रेसकै कारण घोषणा भएको संविधान धरापमा त पर्दैन ?’