२२ असोज, कोलम्बो ।

श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्काले चीनसँगको सम्बन्धमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

साथै उनले सबै खाले सहयोग र समन्वयमा पनि निरन्तरता दिने धारणा राखेको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

चीनका विशेष प्रतिनिधि लिउ जेनिमसँगको भेटपछि उनले सो धारणा राखेको समाचारमा जनाइएको छ ।

उनले चीनसँगको सहकार्यका रुपमा रहेको सुख्खा बन्दरगाहको निर्माणको कार्यमा पनि चीन सरकारले तदारुकता देखाउने बताए ।

maithripala-sirisena-afp

चीनले श्रीलङ्कामा एक बृहत आयोजनाका रुपमा सुख्खा बन्दरगाह सहर निर्माणका लागि लगानी पनि गरेको छ । हाल आएर सो सुख्खा बन्दरगाह निर्माणको कार्य स्थगित भएको छ ।

गएको सेप्टेम्बर महिनामा निर्माण सुरु भएको सो आयोजना गत मार्च महिनामा आएर स्थगित भएको थियो । पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेको सरकारले सो आयोजना स्थगित गरेको थियो ।

उक्त बन्दरगाह श्रीलङ्काका लागि एक बृहत आयोजना हो । यसको लागत एक अर्ब चार करोड अमेरिकी डलर रहेको बताइएको छ ।

विशेष प्रतिनिधि चिनियाँ उपविदेशमन्त्री लिउ जेनमिनले चीन सरकारले पनि श्रीलङ्कासँगको सम्बन्धमा निरन्तरता र द्विपक्षीय हित चाहेको धारणा राखे । रासस/सिन्ह्वा