७ माघ, एजेन्सी।
बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटर फाइनलको पहिलो लिगमा विजयी भएको छ । गए राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई उसकै घरेलु मैदानमा २–१ ले हराएको हो ।

FC_Barcelona_s_Neymar_of_

प्रतिबन्धका कारण लुइस स्वारेज तथा सामान्य चोटका कारण लियोनल मेस्सी बिना नै मैदानमा उत्रेको बार्साका लागि दुवै गोल पहिलो हाफमा भएका थिए । १८ औं मिनेटमा मुनिर एल हाडाडीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए भने २४ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे ।

एथ्लेटिको बिल्बाओका लागि खेलको अन्तिम समयमा आदुरिज जुबेल्डियाले शान्त्वना गोल गरे ।

यस्तै गएराति नै भएको क्वाटर फाइनलको पहिलो लेगको अर्को खेलमा सेल्टा डी भिगो र एथ्लेटिको मड्रिडले भने गोल रहित बराबरी खेलेका छन्।