विकाश श्रेष्ठ । कोरिया ।

कोरियामा अवैधानिक नेपाली बढेपछि नेपाल वैदेशिक रोजगार विभाग अन्र्तगतको इपिएस साखाले विदेशमा काम गरेर फर्केर स्वदेशमै उद्योग व्यावसाय जस्ता आयमुलक काम गरिरहेका उत्कृष्ट उद्यमीलाई राष्ट्रिय सम्मान र पुरस्कृत गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

राष्ट्रिय सम्मान र पुरस्कारले विदेशमा रहँदा सिकेको सिप, ज्ञान, अनुभव र पुजीलाई स्वदेशमा आयमुलक क्षेत्रमा सिंचित गर्न विशेष प्रोत्साहन गर्ने र अवैधानिक तवरले बस्ने परिपाटीमा नियन्त्रण हुने अपेक्षा सहित इपिएस साखाले यस्तो प्रस्ताव गरेको हो ।

नेपाल र दक्षिण कोरिया सरकारबीच सन् दुइ हजार आठमा सम्पन्न रोजगार अनुमति प्रणाली इपिएस सम्बन्धी समझादारीपत्र पछि हाल सम्म चौतिस हजारको हाराहारीमा कृषि र उत्पादनशिल क्षेत्रमा नेपाली कामदार कोरिया आइसकेका छन् भने चार वर्ष दश महिना पश्चात् प्रत्येक कामदार स्वदेश फर्कने प्रावधान रहेको छ । हाल यसरी फर्कने कामदारहरुको संख्या पनि बढ्दो छ ।

Korea Nepali 1

फाइल तस्विर

कार्यवधी समाप्तीसँगै कामदार स्वदेश फर्कनुपर्ने प्रावधान भएपनि हाल केही नेपाली विभिन्न कारणले अवैधानिक तवरले कोरिया बस्ने गरेका छन् । कोरियामा अहिले पनि एक हजार पाच सय भन्दा बढी अवैधानिक तवरले बसेर काम गरिरहेको अनुमान छ ।नेपालमा गत वैशाषमा गएको महाभुकम्प र जारी राजनैतिक अनिश्चतताका कारण अवैधानिक क्रम क्रमशः बढेको भन्दै इपिएस साखाले चिन्ता ब्यक्त पनि गरेको छ ।

अवैधानिक नेपालीको संख्या बढेसँगै कोरियाले वर्षेनी छुट्याउने कामदारको मागमा पनि कमि आउने सम्भावना कायमै बढेको हुदाँ यो अवधारणा सहितको प्रस्ताव अघि सारिएको इपिएस साखाका प्रमूख डिल्लीराम बास्तोलाले बताएका छन् । यस्तो अवैधानिक बस्ने प्रचलन निरुत्साहित गर्न र स्वदेश फर्केर पशुपालन, कृषि, विभिन्न उद्योग व्यावसाय गरेर राष्ट्रिय आयमा योगदान पु¥याएका मध्ये केहीलाई राष्ट्रिय सम्मान र पुरस्कृत गर्नुपर्ने इपिएस साखाको जोड रहेको छ । जसले गर्दा रिटर्नी उद्यमीलाई हौसला पुग्ने र अन्य मुलुकमा रहेका नेपालीलाई स्वदेशमै फर्केर केही गर्न उर्जा दिने इपिएस साखाको अवधारणा सहितको प्रस्तावमा छ ।

रिटर्नि उद्यमी राष्ट्रिय सम्मान र पुरस्कार स्थापना गरेर अन्तर्राष्ट्रिय आप्रवसान दिवस र अन्य उपयुक्त दिवस पारेर दिन पनि प्रस्तावमा भनिएको छ । राष्ट्रिय सम्मान वापत रु बीस हजार नगद सहितको सम्मानपत्र प्रत्येक विकास क्षेत्रबाट दुइ दुइ जनाको दरले दश जनालाई र दुइ लाख राशिको रिटर्नि उद्यमी राष्ट्रिय पुरस्कार वापत रु दुइ लाख राशिको पुरस्कार दिइने प्रस्तावमा उल्लेख गरिएको छ । उत्कृष्ट उद्यमी छनौट तथा सिफारिशका लागि सात सदस्सिय पुरस्कार सिफारिश समिति व्यावश्था पनि गरिएको छ ।

पुरस्कारका लागि दक्षिण कोरियामा कामदारको रुपमा अनुभव गरी स्वदेश फर्केर आयमुलक, उत्पादनमुलक एवं रोजगारमुलक कार्यमा महत्वपुर्ण योगदान पु¥याएको, कोरियाको उत्कृष्ट प्रविधि तथ प्राविधिक ज्ञान, सिप प्रयोग गरी आधुनिक कृषि तथा पशुपालन, विभिन्न उद्योग व्यावसाय पेशामा संलग्न भएको र कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने कर राजश्व दिएको छनौटको आधार तोकिएको छ ।