एजेन्सी ।

बलिउड प्रेमी जोडी रणबीर कपुर र क्याट्रिना कैफको ब्रेकअप बारे अनेक अडकलवाजी चलिरहेका छन् ।

रणबीर र क्याट्रिना आफै यो ब्रेकअपबारे केही नबोलेपनि मिडियामा भने अनेक अनेक कारण सार्वजनिक भएका छन् ।

यसैबीच रणबीर र क्याट्रिनाको ब्रेकअप हुनुमा आलिया भट्टको हात रहेको तथ्य बाहिर आएको छ । भारतको चर्चित ‘स्पटब्वाई’ भन्ने पत्रिकाले रणबीर र क्याट्रिना छुट्टिनुको कारओ आलिया भट्ट रहेको भनेको छ ।

Ranveer Alia

केही समय अघि निर्देशक इम्तियाज अलीले आयोजना गरेको पार्टीमा आलिया भट्ट र रणवीर कपुरबीच भएको कुराकानीका कारण नै क्याट्रिना रणबीरबाट टाढिएको यो पत्रिकाको दावी छ । उनीहरुबीचको निकटतालाई आपत्ति जनाउँदै रणबीरसँग क्याट्रिनाको झगडा समेत परेको पत्रकाले दावी गरेको छ ।

Katrina-Ranveer

हालै मात्र क्याट्रिना र रणबीरले ६ वर्ष लामो सम्बन्ध अन्त्य गरेको खुलासा भएको थियो ।

यो पनि हेर्नुस्

रणवीर क्याट्रिनाको ब्रेकअपले निर्माता निर्देशकलाई सास्ती

मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना

क्याट्रिनाले भनिन्- मनको कुरा चिच्याएर सबैलाई भन्न मन छ