विकास श्रेष्ठ । १३ असार, सोल ।

दक्षिण कोरियाको इन्छनस्थित एक फलाम कम्पनीमा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन । मकवानपुरको पालुङ घर भएका झण्डै तिस वर्षीय सचिन श्रेष्ठले हिजो राती कम्पनी भित्रै आत्महत्या गरेको जानकारी उनका सहकर्मीले दिएका छन ।

मृतक श्रेष्ठ लगातार सोही कम्पनीमा साढे छ वर्ष देखि काम गर्दै आएको बुझिएको छ । मृतक श्रेष्ठ दुइ महिना अघि मात्र नेपाल गएर वैवाहिक बन्धनमा बाँधिएको बताइएको छ ।

sachin korea suicide

आत्म हत्याको कारण खुल्न सकेको छैन । कोरियन प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ । पछिल्लो समयमा कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेको छ ।