१३ असार, खोटाङ ।

बिरामीलाई रगत जुटाउने उद्देश्यले १०३ जनाको रक्त समूह पहिचान गरिएको छ ।

जिल्ला अस्पताल खोटाङमा उपचार गराउने क्रममा बिरामीलाई आवश्यक पर्ने रगत तत्काल जुटाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जिल्ला जनस्वास्थ कार्यालय र उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा ६९ पुरुष र ३४ महिलाको रक्त समूह पहिचान गरिएको रेडक्रसले जनाएको छ ।

blood test

परीक्षणबाट ४० को ‘ए’ पोजेटिभ, २९–२९ को ‘बी’ पोजेटिभ र ‘ओ’ पोजेटिभ र चारको ‘एबी’ पोजेटिभ रगत पाइएको रेडक्रस सभापति कुमारसिं बस्नेतले बताए।