१६ माघ, एजेन्सी । चीनबाट संसारभर फैलिएको नोवेल कोरोनाभाइरसबाट अहिलेसम्म ७ हजार ८ सय ९२ जना संक्रमित भइसकेका छन् । जसमध्ये ७ हजार ७ सय ७१ ज्ना चीनमै छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच संसारभका धनाढ्य व्यक्तिहरुले यस भाइरसबाट लड्नको लागि करिब २ अर्ब ८० करोड अमेरिकी डलर सहयोग गरेका छन् । सबैभन्दा बढी रकम चीनका दोश्रो धनि व्यक्ति एवं अलिबाबा कम्पनीका मालिक ज्याक माले दिने घोषणा गरेका छन् । उनले वुहानसहित चीनको सबै अस्पतालमा औषधिको लागि १ सय ४४ मिलियन डलर रकमको घोषणा गरेका हुन् । यो रकमबाट केही रकम कोरोना भाइसरको भ्याक्सिन बनाउने अनुसन्धान कम्पनीले पाउनेछन् ।

टिकटक भिडियो कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनका बिरामीको सहयोग, उपचार र औषधिको लागि १ सय १५ मिलियन डलर दिने घोषणा गरेका छन् । यो रकमलाई वुहानमा बनिरहेको १ हजार शैय्याको अस्पतालमा खर्च गरिनेछ ।

यस्तै अमेरिकाका धनि बिल गेट्सको बि गेट्स एण्ढ मेलिंडा गेट्स फाउन्डेसनले १० मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकम संक्रमितहरुको उपचार र पीडित मानिसहरुको सहयोगको लागि प्रयोग गरिनेछ । यसको अलावा फ्रान्सको अरबपति फ्र्यान्कोइस पिनाल्टले ३.३ मिलियन अमेरिकी डलरको घोषणा गरेका छन् ।

चीनको सेनाले अब कोरोना भाइरसको संक्रमण कम गर्नको लागि सेना परिचालन गरेको छ । चीनको राष्ट्रपति सी जिनपिङले सेना परिचालनको आदेश दिएका हुन् । चीनका सेनाहरुलाइ देशभर परिचालन गरिएको छ । उनीहरुले देशभरका संक्रमित मानिसहरु, चिकित्सक र अन्य व्यक्तिहरुलाई सहयोग गर्ने चीन सरकारले जनाएको छ । कोरोना भाइरस अहिले चीनसहित विश्वका १७ देशमा फैलिइसकेको छ । यसैबीच विभिन्न देशहरुले चीन उडान गर्ने जहाजहरुले चीनको उडान स्थगित गरेका छन् ।