१६ माघ, रुपन्देही । रुपन्देहीको भैरहवामा बोराले च्यापेर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहारका ३० वर्षीय सहजाद हुसेन, उनकी २८ वर्षीया श्रीमती सद्धव खातुन, ६ वषीय छारा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रहेका छन् । सिद्धार्थ नगरपालिका वडा नम्बर ६ गल्लामण्डीमा आफ्नै घरमा स्टोर गरिराखेको बोराको चाङ् पल्टिएर थिच्दा यनीहरुको मृत्यु भएको हो ।
कवाडीका बोरा स्टोर गरिराखेको छेवैमा साँघुरो ठाउँमा सुतेका उनीहरु विहान अवेरसम्म नउठेपछि हेर्दा बोराले थिचिएको अवस्थामा फेला परेका थिए । बोराले थिचेपछि उनीहरुको निस्सासिएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

उनीहरुले लामो समयदेखि कवडाी बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री गर्ने काम गर्दै आएका थिए । उनीहरुको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।