१ फागुन, एजेन्सी । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसबाट बुधबार एकैदिनमा २ सय ४२ मानिसको मृत्यु भएको छ । भाइरसका कारण एकैदिनमा यति धेरै मानिसको मृत्यु भएको यो पहिलोपटक हो ।

कोरोना भाइरसको संक्रमितको संख्या पनि लगातार बढिरहेको छ । हुबेईमा मात्र १४ हजार ८ सय ४० मानिस यो भाइरसबाट संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट विश्वभर ६० हजार संक्रमित भएका छन् ।

यसैबीच २ हजार मानिस लिएर कम्बोडिया गएको जहाजलाई ५ देशले फर्काइदिएको छ, जसमा केही व्यक्तिमा कोरोना भाइरस संक्रमित थिए । जापान, ताइवान, गुआम, फिलिपिन्स र थाइल्याण्डले यो जहाजलाई फर्काइदिएका छन् ।

विश्व स्वास्थ्य संगठनले कम्बोडियाको यो कदमको प्रशंसा गरेको छ । योकोहामा अलग–अलग राखिएको डायमण्ड प्रिन्सेसमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या ४४ पुगेको छ ।