४ भदौ, एजेन्सी

अमेरिकी मिडिया अनुसार हालैमा १ हजार मानिसहरुमा एक अनुसन्धान गरिएको थियो। यि सबै मानिसहरु तेस्रो चरणको कोलोन क्यान्सरको बिरामी थिए। यस अनुसन्धान अनुसार दिनको ४५० मिलीग्राम क्याफिन अर्थात ४ कप कफि सेवन गर्नेहरुको कोलोन क्यान्सरबाट मर्ने संभावना कम भएको थियो।

कोलोन क्यान्सर भनेको मानिसको शरिरमा हुने पाचन प्रणालिको ठुलो आन्द्रामा लाग्ने क्यान्सर हो। यो क्यान्सरलाई कोलोरेक्टल क्यान्सर पनि भनिन्छ।

coffee for colon cancer (4)तेस्रो चरणमा पुग्ने कोलोन क्यान्सरका बिरामीहरुको किमोथरेपी गर्नुपर्ने हुन्छ। सबैजनाको यो परिक्षण गरिएको थियो। ४२ प्रतिशत मानिसहरुको कफि सेवनले कोलोन क्यान्सर फर्किने संभावना र ३३ प्रतिशत मानिसहरुको यस क्यान्सरबाट मर्ने संभावना कम भएको थियो।

अमेरिकीहरुले औसत दिनको ३ कप कफि सेवन गर्ने गर्छन्। यो जानकारी १८ वर्षदेखि माथिको जनबाट प्राप्त भएको हो। कफि सेवनको विश्वभरीको चिकित्सासँग सम्बन्ध छ। अनुसन्धानबाट कफिले मनोस्थितीलाई सक्रिय राख्छ र यौन क्षमता पनि बढाउछ भनेर थाहा भएको छ।

coffee for colon cancer (2)यसका साथै अरु अनुसन्धानबाट यो पनि थाहा भएको छ कि कफिबाट स्तन, लीवर र प्रोस्टेट क्यान्सर को पनि उपचार हुन सक्छ। त्यसैले क्यान्सर लाग्ने संभावना देख्दै हुनुहुन्छ भने कफि पिउने बानि ले तपाईँलाई फाईदाजनक हुनेछ।

यो पनि हेर्नुहोस-

क्यान्सरबाट जोगिने ८ उपाय

क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

चिया कफी पिउनु हुन्छ ? एक पटक पढ्नुस्