२८ भदौ, काठमाडौं । बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कारको अभियोगमा प्रहरीले गुलरिया नगरपालिका–१ खोल्टाडी बस्ने २० वर्षीय यशुव नेपालीलाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

rape child

नेपालीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।