कुशल श्रेष्ठ

स्मार्टफोन हराउनु भनेको जीवनकै सबैभन्दा संघर्षमय पथ जस्तो लाग्न सक्छ। हुन त यो भन्दा महत्वपूर्ण कुराहरू थुप्रै हुन्छन्, तर आफ्नो एक्लोपनाको साथी त्यहि मोबाइल हराएपछि त्योजस्तो दुःख अरू केहि हुँदैन।

तर, धन्ना नमान्नुहोस्! गुगलको एउटा यस्तो प्रयोगशाली प्रविधि छ, जसले तपाईँको हराएको एण्ड्रोइड फोनलाई सजिलै पत्ता लगाइदिन सक्छ।Where's my Android Phone 23685910

कसरी?? थाहा पाउन पढ्दै जानुहोस्ः

यो धेरै सजिलो उपाय हो। तर यसको लागि तपाईँको एण्ड्रोइड डिभाइसमा तपाईँकै गुगल अकाउण्ट राखिएको हुनुपर्छ। यदि आफ्नो मोबाइलमा गुगल अकाउण्ट राख्नुभएको छैन भने त्यो तपाईँको दर्भाग्य हुन आउँछ। त्यसैले नै हामीले ‘एण्ड्रोइड फोन किन्नेबित्तीकै नबिर्सी यी ५ काम गर्नुपर्छ’ भनेर भनेका हौँ।

  • गुगल.कम मा जानुहोस् र त्यहाँ त्यहि गुगल अकाउण्टले लगइन गर्नुहोस्, जुन अकाउण्ट तपाईँको हराएको मोबाइलमा राखिएको छ।Where's my Android Phone 3178510
  • त्यसपछि लेख्नुहोस्ः “Where’s my phone?”
  • एउटा म्याप देखिन्छ….Where's my Android Phone 42863110
  • …र त्यसको एकैछिनमा, तपाईँको फोनको लोकेसन देखिन्छ!Where's my Android Phone 55015310
  • कतै पार्टीमा जाँदा हराएको भए त तपाईँको फोन भेट्टाउन मुश्किल नै छ।Where's my Android Phone 67610
  • तथापी, यदि घरकै वरिपरी हराएको भए, त्यहि म्यापबाट तपाईँको फोनमा ठूलो आवाजमा घण्टि बजाउन सक्नुहुन्छ। फोनलाई साइलेन्टमा राख्नुभएको छ भने पनि केहि फरक पर्दैन।Where's my Android Phone 7232210
  • गुगलको डिभाइस म्यानेजरको कमाल हो यो। त्यहि म्यापको माथिपट्टी ‘Android Device Manager’ भन्ने देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरेर हेर्नुहोस्ः त्यहिँबाट तपाईँको फोनलाई Lock गर्न मिल्छ, अथवा त्यस फोनको सबै डाटाहरू हटाउन पनि मिल्छ।Where's my Android Phone 84143210

आइफोनको लागि भने “Where’s my phone?” ट्रिकले काम गर्दैन। गुगलको यो ट्रिकले केवल एण्ड्रोइड फोनको लागि मात्रै काम गर्दछ। हुन त, आइफोनको लागि यस्तै सुविधा छ ‘Find my iPhone’ भन्ने तर त्यसले iCloud फिचर प्रयोग गर्छ, सीधै गुगलबाट खोज्न भने मिल्दैन।

यो पनि हेर्नुहोस्-
“मेरो एण्ड्रोइडबाट फोटो नै हरायो, त्यसलाई कसरी फिर्ता ल्याउने?”
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
एण्ड्रोइड फोन चलाउनेलाई खुसीको खवरः गुगलले दियो नयाँ सुविधा
फेसबुकको नयाँ ‘रियाक्सन्स’ प्रयोग गर्ने छोटो-मिठो टिप्स