१२ साउन, काठमाडौं ।

संविधान जारी गर्नका लागि गरिएको १६ बुँदेमा मिश्रित खालको पुरानै संसदीय शासकीय मोडलको सहमति भएपनि संविधानको मस्यौदामाथि जनमत संकलन पछि भने नेपालमा निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा बहस छेडिएको   छ ।

अधिकाँश जनता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुनु पर्ने पक्षमा देखिएपछि पार्टीहरु भित्र समेत यस विषयमा विवाद चलिरहेको छ । शासकीय स्वरुपमा कार्यकारी राष्ट्रपति हुनु पर्ने अडान लिएको एमाओवादीले मिश्रित मोडलमा नोट अफ डिसेन्ट लेखेको थियो । जनमत संकलनपछि एमाओवादी र एमालेले यसको विषयमा छलफल चलाउन चाहेपनि कांग्रेसले भने ठाडै अस्वीकार गरिदिएको छ ।

Gagan-Thapa

तर नेपाली काँग्रेसकै युवा नेता एवं सभाषद गगन थापा भने प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा देखिएका छन् । उनले पार्टीभित्र विद्रोह गर्दै निर्वाचित कार्यकारीको पक्षमा वकालत गरिरहेका छन् ।

यसैक्रममा उनले फेसबुकमा एक नोट जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी किन हुने भन्ने तर्क अघि सारेका छन् । उनका अनुसार संभावित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई संसदसँग द्वन्द हुन नदिन प्रधानमन्त्री र संसदको निर्वाचन एकै दिन गर्ने, राष्ट्रपतिलाई मध्यस्थकर्ताको रूपमा भूमिका दिने वा निर्वाचनमा बहुमत ल्याउनु पर्ने भएकोले गठबन्धन बन्ने स्थितिले रोक्ने छ ।

गगनले जुन पार्टीको नेता कार्यकारी प्रमुखमा निर्वाचित हुन्छ त्यही पार्टी नै संसदमा पनि सबैभन्दा ठुलो पार्टी बन्ने सम्भावना बलियो हुने भन्दै संसद र कार्यकारिणीको बिचको द्वन्द्व कम गर्नको लागि अधिकांश संसदीय मुलुकमा राष्ट्रपतिले महत्वपूर्ण भूमिका खेल्ने उदाहरण दिएका छन् ।

हेर्नुस् उनको प्रस्तावः


Gagan on directly elected head of gvt

Gagan on directly elected head of gvt 1