३१ जेठ, काठमाडौं । पार्टी सरकारमा रहेका बेला विजय गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि राजपाको आन्दोलनलाई समर्थन गरेको छ ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री गच्छदार नेतृत्वको फोरमले ५ नम्बर प्रदेशका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा आन्दोलनलाई समर्थन गर्ने भएको हो ।

पार्टीका ५ नम्बर प्रदेशमा पर्ने तीन जिल्लाका नेताहरुको आज भैरहवामा वसेको संयुक्त बैंठकले राजपाको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बैंठकमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्ष, उपाध्यक्ष, केन्द्रिय सदस्य लगायत पार्टीका एकदर्जन नेता उपस्थित थिए ।

उनीहरुले मधेसी जनताको माग पूरा नगरी निर्वाचनको घोषणा गरी मधेसमा द्धन्द्ध निम्तिने खतरा औल्याउदैं पार्टीको गम्भिर ध्यानाार्कषण भएकोले यस्तो कठोर निर्णय गर्न बाध्य भएको बैठक पश्चात जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(हेर्नुस्  विज्ञप्ति)