१९ भदौ काठमाडौं ।
तीन दलले पेलेर अगाडि बढ्न खोजेको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संंघीय लोकतान्त्रिक मोर्चाले संविधान निर्माणको कुनै पनि प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।

तीन दलले तयार पारेको संयुक्त प्रस्तावप्रति असहमति जनाउदै मोर्चाले प्रक्रियामा भाग नलिने बताएको हो । १६ बुँदे सहमति गरेपनि आफूहरुलाई वेवास्था गरेर सहमति गरेकाले आफूहरु नरहने फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले बताए ।

Bijay-Gachhadar talking

उनले भने,‘तीन दलले धोका दिए, धोका दिएपछि बस्नुको के अर्थ ?’ गच्छदार नेतृत्वको मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक रहेका छन् ।

मोर्चाले हिजो विज्ञप्ती निकाले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्नको लागि म्याद थप्नु पर्ने प्रस्ताव गरेको थियो । तीन दलबाट आक्रोशित हुँदै बाहिरिएका गच्छदारलाई तीन दलका नेताहरुले मिलाउने कोशिस गरिरहेका छन् ।