१३ फागुन, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले गाईको मासुसहित हिजो कटहरीबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । कटहरी-२ स्थित जमटोकीमा रहेको चन्दा मियाँको घरमा प्रहरी टोलीले छापा मारी गाईको मासुसहित स्थानीय जवाहर मियाँ तथा चन्दा मियाँलाई पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
चन्दा मियाँको घरबाट दुईवटा गाईको काटिएको टाउको, खुट्टा र मासु फेला पारिएको प्रहरीले जनाएको छ । रासस