८ असोज, बुटवल ।
बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् । गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २०० मि तल खसेको प्रहरीले जनाएको छ । उनीहरुको निधनप्रति नेपाली काँग्रेसका नेता एवं सभासद् चन्द्र भण्डारी र नेकपा(एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली लगायतले शोक व्यक्त गरेका छन ।