९ मंसिर, एजेन्सी । भारतको गुजरातस्थित एक लोकसंगीतको कार्यक्रममा गायन र संगीतको तालमेल नमिलाई गाएको भन्दै गायकमाथि कुटपिट भएको छ ।

गायकको बेसुरा गीत सुनेर आक्रोशित एक युवकले स्टेजमै चढेर गायकमाथि कुटपिट गरेका हुन् । अहिले गायक पिटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गायकले मादक पदार्थ सेवन गरेर आएको खुल्न गएको छ । गायकले सुरतालमा गीत नगाएको र धार्मिक कार्यक्रममा रक्सीले मातेर आएपछि त्यहाँका स्थानीय आक्रोशित बनेको थिए । गायक पिट्ने युवकले सेतो सर्ट लगाएका छन् । उनले स्टेजमा चढेर गायकलाई तीन थप्पड हानेका छन् ।

मञ्चमा चढेका युवकले उनलाई थप्पड हान्नेबित्तिकै त्यहाँ हंगामा भएको थियो । त्यसपछि त्यहाँ भएका अन्य मानिसहरुले पनि गायकलाई पिटेका थिए । मानिसहरुले पिट्न थालेपनि उनले गीत नगाई त्यहाँबाट भागेका थिए ।