२४ असार, गुल्मी ।
गुल्मीको रुरु गाउँपालिका ४ अन्तर्गत बलेटक्सार नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । बालुवा बोकेर रिडीबाट तम्घास तर्फ आउँदै गरेको लु २ ख १८८ नम्बरको ट्रक बलेटक्सार नजिकै थामिडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्रक चालक गुल्मी दरवार गाउँपालिका ३ का रण बहादुर ढेंगा, छत्रकोट गाउँपालिका ५ का लक्ष्मी श्रेष्ठ, अर्घाखाँची छत्रदेव गाउँपालिका ६ का दिलमान श्रेष्ठ, गुल्मी छत्रकोट गाउँपालिका ५ का बिमला श्रेष्ठ र सोहि ठाउँका तेज कुमारी श्रेष्ठ घाईते भएकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम बहादुर श्रेष्ठले बताएका छन ।

घाईतेहरु मध्ये रण बहादुर ढेंगा र लक्ष्मी श्रेष्ठ गंभिर रहेको बताईएको छ भने अन्य सबै घाईतेहरुको पाल्पा स्थीत मिसन अस्पताल उपचार भैरहेको छ । ट्रकको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटना भएको उक्त ट्रक सडकबाट करिव एक सय ५० मिटर तल खसेको छ ।