१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनाको हकमा विहिबारदेखि बयान लिई थुनछेक बहस सकिएपछि बुधबार १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोपमा पक्राउ परेका थिए ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले नरेशसँग एकलाख धरौटी मागेको छ । प्रतिवादी अन्य पाँच जनाका हकमा थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश भएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य पाँचजना प्रतिवादीहरु पवन खड्का, बीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र बिनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो ।

गृहमन्त्री बादलका भाई नरेशकुमार थापा सहित नौ जनालाई थुनामा राख्ने कि छोडने भन्ने बिषयमा काठमाडौं जिल्ला अदालतले सोमबार अपरान्हदेखि बहस सुरु भएको थियो । जसमा एकजना फरार छन् ।