एजेन्सी।

गत सोमबार (फेब्रुअरी २९) साँझ मुम्बईको यशराज स्टूडियोमा शाहरुख खान अभिनीत चलचित्र ‘फ्यान’को ट्रेलर लञ्च भएको थियो। चलचित्रको ट्रेलरमा एक सुपरस्टार (आर्यन) र उनका फ्यान (गौरव)को कहानीलाई देखाइएको छ।

शाहरुखले भने- “वास्तविक जिन्दगीमा कहिल्यै गौरव जस्तै कोहि क्रेजी फ्यान भेटेँ भने पहिला म उसलाई राम्रोसँग सम्झाउँछु र यदि मान्दैन भने कुट्छु।”Sahrukh at Fan Trailer Launch Event

ट्रेलर लञ्च कार्यक्रममा उनले आफ्ना जीवनका तीतामीठा पलहरूलाई साझा पनि गरे। यसैक्रममा उनले आफू दिल्लीबाट मुम्बई आउँदै गर्दा एक महिलाले उनलाई थप्पड हानेको कुरा पनि सेयर गरे।

‘फ्यान’को ट्रेलर लञ्च गर्ने क्रममा शाहरुखले आफ्ना पल सेयर गर्दै गर्दाको भिडियोः
फ्यानको ट्रेलर २९ फेब्रुअरीमा नै किन लञ्च गरियो?

उक्त कार्यक्रमको अवसरमा शाहरुखलाई फेब्रुअरी २९ मा नै किन ट्रेलर लञ्च गरेको भनेर सोध्दा उनले यसो भने- “आदित्य चोपडा चाहन्थे कि फ्यानको ट्रेलर लञ्च इभेन्ट एकदमै स्पेशल र स्मरणीय होस्। त्यसैले उनले यस्तो दिन छाने जुन ४ वर्षमा एक चोटि आउँछ।

यो पनि हेर्नुहोस्-
ससुराको निधनले शाहरुख खान शोकमा
‘फ्यान’को सुटिङ् गर्दा गर्दै शाहरुखलाई झ्याउ लागेपछि
बलिउडमा शाहरुख भन्दा बढी पढेका ९ कलाकार